एडिलेड खुकुरी फुटबल क्लवमा नयॉ कार्यसमिति, अध्यक्षमा कुमार पुष्प चयन


– रमन अधिकारी

एडिलेड खुकुरी फुटबल क्लबको वार्षिक साधारणसभाले कुमार पुष्प गुरुंगको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ। यसमा उपाध्यक्ष चिरु श्रेष्ठ, महासचिव राजन लामिछाने, कोषाध्यक्ष ओम गुरुंग, क्लब अडिटर शुशील अधिकारी, पब्लिक अफिसर मोती नाराल, मिडिया प्रदीप खत्री, टीम मेनेजर सुमन थापा, क्याप्टेन राजीस महर्जन, भाइस क्याप्टेन विक्रम थापा,हेल्थ एन्ड सेफ़्टी अफिसर तेज सापकोटा छानिएका छन् भने वोर्ड सदस्यहरुमा तुंगा बानियाँ , रमेश राजभन्डारी, नविन कांगवांग, खगेन लिम्बु , थिर गुरुंग, स्वपनिल भट्टराई र राम बहादुर गाहा निर्वाचित भएका छन्। हालै साउथ अष्ट्रेलियाको फुटबल डिभिजन ४ मा उक्लन सफल खुकुरी क्लव नयॉ नेतृत्व संगै आफ्ना केही नयॉ कार्ययोजनाका साथ अघि बढ्न चाहेको क्लबका महासचिव राजन लामिछानेले एमएनटीभी संग बताए। सदस्यता वितरण, नयॉ खेलाडीको छनोट, नियमित ट्रेनिंग साथै खेलको स्तर उन्नति मुख्य रहेको उनले बताए।

यसैगरी, जनवरी १९ तारिखमा क्लबले वर्कशपको आयोजना गरेको थियो । क्लबका सदस्यका साथै स्पॉन्सर र गेस्टहरू उपस्थित उक्त वर्कशपले क्लबका भाबी कार्ययोजना तर्जुमा गरेको थियो । सदस्यता शुल्क निर्धारण गर्ने, अनुशाशन कमिटी गठन गर्ने, प्रभाबकारी तरिकाले कसरी अगाडि बढ्ने लगायतका निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?