नेशनल च्याम्पियनशिप फुटबलमा आयोजक यति क्लबको ह्याट्रिक जीत, फाईनलमा युएफसी पराजित


दुई दिनसम्म लगातार सञ्चालन भएको यति कप नेशनल च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि आयोजक यति क्लबले जितेको छ । १६ टिमको सहभागितामा सञ्चालित प्रतियोगितामा फाईनलमा मेलबर्नको युनाईटेड फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै यति फुटबल क्लब च्याम्पियन बन्न सफल भएको हो । यति क्लबले यससँगै उपाधिमाथि तीन पटक लगातार जीत हासिल गरेर ह्याट्रिक गर्न सफल भएको छ । प्रतियोगिताको प्रतिस्पर्धात्मक खेलमा अभियान प्रधानको गोलमा यति क्लबले जीत दर्ता गरेको हो ।
अर्कोतर्फ ३५ वर्षमाथिको उमेर समूहको फाईनल खेलमा सिड्नीको माछापुच्छ्रे फुटबल क्लब र हिमालयन युथ क्लबबिच भएको प्रतिस्पर्धात्मक खेल पनि शून्य एक गोलको अन्तरमा सकिएको थियो । माछापुच्छ्रे क्लबलाई हिमालय युथ क्लबले एक गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिता डेरेविन ईन्टरनेशनल स्पोर्टस सेन्टर थनवरीमा आयोजना गरिएको थियो । ९ ए साईड फुटबल म्याचमा खुला उमेर समूहतर्फ एडिलेडबाट अष्ट्रेलियन भुटनिज फुटबल क्लब, क्यानबेराबाट क्यानबेरा नेप्लीज फुटबल क्लब, मेलबर्नका हिमालयन फुटबल क्लब, रोयल फुटबल क्लब, रोयल वेष्टर्न फुटबल क्लब, युनाईटेड फुटबल क्लब, यति फुटबल क्लब ब्लू र यति फुटबल क्लब रेड सहभागी हुनेछन् । यस्तै सिड्नीबाट बेनी फुटबल क्लब, वेष्ट युनाईटेड फुटबल क्लब, फेवा फुटबल क्लब, माछापुच्छ्रे फुटबल क्लब, सगरमाथा फुटबल क्लब, सेन्टजर्ज नेप्लीज क्लबले सहभागिता जनाएका थिए । यस्तै डार्विनबाट डार्विन हर्टस फुटबल क्लब र तास्मानियाबाट अष्ट्रेलियन भुटनिज ड्रागन स्पोर्टिंग क्लब गरी १६ टिम सहभागी भएका थिए । ३५ वर्षभन्दा माथि उमेर समूहमा क्यानबेराबाट सीएनफसी, मेलबर्नबाट युनाईटेड फुटबल क्लब, एभरेष्ट फुटबल क्लब, यति फुटबल क्लब र क्रेगीबर्न फुटबल क्लबले खेलेका थिए । यस्तै सिड्नीबाट माछापुच्छ्रे फुटबल क्लब, हिमायन युथ क्लब, सेन्ट जर्ज नेप्लीज फुटबल क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सी थियो । 

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?