पोखरामा युट्युब काण्ड : बिरामी परेकी किशोरीलाई रक्सीले मातेको भनेपछि पोखरामा हंगामा !
होली खेल्ने क्रममा पोखराको लेकसाइडमा बिरामी भई भुईमा ढलेकी किशोरीलाई केही युवाले बोकेर ट्याक्सीसम्म लैजान्छन् । त्यहाँबाट उनलाई अस्पतालमा लगिन्छ । खासमा उनको गर्धनमा नसा तन्किएपछि यस्तो घटना भएको हुन्छ । तर, यही घटनालाई नजिकबाट नियालीरहेको एक युट्युबे पत्रकारले त्यसको भिडियो खिच्छ । यति मात्र गर्दैन । अन्यत्र होली खेलिरहेको भिडियो समेतलाई जोडेर उसले केही डलर कमाउने काइदा निकाल्छ । होली खेल्दा रक्सीले मातेपछि युवतील्े गरिन् यस्तो भन्दै उसले आकर्षक शीर्षक पनि फुराउँछ । तर, यो शीषक उसको लागि महँगो सावित हुन्छ । निज किशोरीका आफन्तले यस्तो हेडलाईन दिएर आफ्नो आफन्तको कुप्रचार गर्नेका विरुद्ध उजुरुी दिन्छन् र पक्राउ पर्छन् सुजन पौडेल । निजलाई सुरुमा आफन्तले नै पक्राउ गरी प्रहरीकोमा बुझाउँछन् । तनहुँ शुक्लागण्डकी घर भई पोखरा लेकसाईड बस्ने पौडेल पोखराको फेवा टेलिभिजनमा समेत कार्यरत थिए । बुधबार होलीको दिन आफ्नो व्यक्तिगत युट्युब च्यानल ईनसाइड नेपाल न्यूज टिभी ९२ लाख ९ हजार सब्स्क्राइब० बाट पोखरामा होलिसंगै युवतीलाई रक्सी लागेपछि बीच बाटोमा लडीबुडी खेलेर गरिन हंगामा शीर्षक राखेर १० मिनेट ८ सेकेण्डको भिडियो अपलोड गरेका थिए ।
भिडियोमा देखाइएकी युवती थिइन् पोखरा महानगरपालिका वडा नं। १७ छोरेपाटन निवासी १७ वर्षीया सञ्चिता क्षेत्री । उनी लेकसाइडमा होली मनाउन गएकी थिईन् । सडकमा हिँडिरहँदा एक्कासी घाँटीको नशा सड्केर उनी हिँड्न सकिनन् । दिदीबहिनीको सहायतामा ट्याक्सीसम्म लगी फेवा सिटी हस्पिटल पु¥याइएको थियो ।
किशोरीका दाजु सन्देश क्षेत्रीले युट्युब च्यानल र सबैभन्दा पहिले समाचार भन्दै प्रकाशित गर्ने नालापानी डटकम फेक न्यूज ब्लग विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । बुधबार साँझ नै ३४ हजार भ्यूज गइसकेको भिडियो उनले डिलिट गरेका छन् ।
यही भिडियोलाई डाउनलोड गरेर फेरि आफ्नो फेसबुक पेज मार्फत हाल्ने ताजाखबर ९३१ लाख ६५ हजार०, साझा पेज ९३४ लाख ५३ हजार०, ओएस नेपाल ९५३ लाख ५४ हजार० लगायत पनि निगरानीमा छन् । यद्यपी, पौडेलकै अनुरोधमा केहि पेजहरुले २४ घण्टाभित्र नै समाचार डिलिट गरेका छन् ।