मादक पदार्थ सेवन गरी दुर्घटना गराउने र प्रहरीसँगै मुखमुखै लागेपछि श्रीलंकाका क्रिकेट क्याप्टेनले मागे माफी


श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गरेका छन् । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उनलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरिएको थियो ।
निजले आफ्नो सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइते समेत भएपछि घटनामा उपस्थित प्रहरीमाथि तथानाम गाली गरेका थिए । घटनामा दोषी देखिएपछि ३० बर्षिय करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्द गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । उनलाई आगामी मे २ तारिखका दिन ट्रायलको समय पनि तोकिएको छ । देशका चर्चित क्रिकेट खेलाडी करुणारत्नेको स्वास्थ्य परिक्षण गर्न समेत लगाइएको छ ।
“गत आइतबार उनले गतल दिशाबाट सवारी चलाएपछि ट्याक्सीसँग ठक्कर खाएको थियो भने ट्याक्सीका चालक घाइते भएर अस्पताल लैजानु परेको थियो,” एक प्रहरी अधिकारीले भने ।
प्रहरीको यो आरोपलाई स्विकार्दै श्रीलङ्कामा राष्ट्रिय क्रिकेट खेलाडी करुणरत्नेले आफ्नो तर्फबाट गल्ती भएकोमा क्षमायाचना गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?