विमानस्थलमा अर्को तीन किलो सुन काण्ड, मलद्वारमा लुकाएर सुन ल्याउने चिनियाँ पक्राउ


प्रहरी अघि अघि तस्कर त्यसभन्दा अघि अघि भनेको जस्तो भएको छ विमानस्थलमा । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट फेरि तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा पक्राउ परेका उनीहरुको साथबाट ३ किलो तीन सय ग्राम सुन बरामद भएको छ । उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले पक्राउ गरेको हो । उनीहरुको गतिविधि शंकास्पद लागेपछि दोश्रोपटक एक्सरे गर्दा उनीहरुको शरीरमा धातु देखिएको थियो । उनीहरुले केही बताएनन् । पक्राउ गरी अस्पताल लगेर फेरि एक्सले गर्दा पनि धानु नै पाइएपछि उनीहरुलाई केरकार गरिएको थियो । जसको क्रममा उनीहरुको साथबाट तीन किलोभन्दा बढी सुन फेला परेको थियो ।

चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको थियो । मलद्वारमा सुन भेटिएको उनले बताए । पछि उनीहरुलाई दिसा गर्न लगाएर सुन निकालिएको हो । उनीहरुले सुनभन्दा बाहिर कार्बनले बेरेर त्यसलाई कन्डमभित्र हाली मलद्वारमा राखेर सुन तस्करी गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?