ब्वाईफ्रेन्डकै सामुन्ने दलित महिलाको सामुहिक बलात्कार, भिडियो बनाएर ब्ल्याकमेलिङ


घटना भारतको हो । राजस्थानको अलवर जिल्लामा एक दलित महिलाको सामूहिक बलात्कार भएको छ । उक्त महिला आफ्नो ब्वाईफ्रेन्डसँग मोटरसाईकलमा गइरहेको बेला केही व्यक्तिले घेरेर कब्जामा लिई सामूहिक बलात्कारसमेत गरेका थिए । यति मात्र होइन यो बलात्कारको भिडियो समेत बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गरिएको छ । ब्वाईफ्रेन्डसँग केही समय पछि बिहे गर्ने तय भईसकेको बताइएको छ ।

पुलिसले यो मामलामा एकजनालाई पक्राउ गरेको छ र चारजनाको खोजी भइरहेको छ । लापरवाहीको आरोपमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ ।

दलित संगठनका अनुसार लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखे । घटना अप्रिल २६ को हो । 

दलित संगठनका अनुसार पीडितले यसबारे मुख खोल्ने हिम्मत गरेनन् किनभने आरोपीले भिडियो भाइरल गरिदिने चेतावनी दिएका थिए । यद्यपी, पछि पैसा मागियो र भिडियो भाइरल बनाइयो ।

घटनाका कारण आक्रोशितले मंगलबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग रोके । त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ गर्‍यो ।

राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए । पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए । प्रदर्शनमा संलग्न अलवर जिल्लाका दलित कार्यकर्ता चरण सिंहले बीबीसीसँगको कुराकानीमा घटना २६ अप्रिलको बताएका छन् । उनका अनुसार पीडित आफ्ना ब्वाईफ्रेन्डसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसाना स्थानमा लगेर ब्वाईफ्रेन्डको सामुन्ने नै पीडितमाथि दुष्कर्म गरे । दलित संगठनका अनुसार अभियुक्त भिडियो बनाइरहे र ब्वाईफ्रेन्डलाई निर्घात कुटिरहे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?