अष्ट्रेलियामा भएको -याफ्टिङ वल्र्डकपमा नेपालको प्रदर्शन, ४९ टिममा १२ औं बन्न सफल
अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित टुली नदीमा आयोजना गरिएको -याफ्टिङ वल्र्डकप च्याम्पियनशीपमा नेपालले १६ देशका ४९ टिममध्ये १२ औं स्थान हासिल गरेको छ । शनिबार भएको खेलमा नेपालले अन्तिम समयसम्म आफ्नो लय कायम गर्न नसक्दा १२ औं स्थानमा चित्त बुझाउन परेको हो । यसअघि जपानमा भएको प्रतियोगितामा नेपाल १३ औं बन्न सफल भएको थियो भने यस पटक प्रदर्शन सुधार्ने अपेक्षा गरेको भएपनि ब्राजिल प्रथम, रसिया दोश्रो र चीन तेश्रो भएको खेलमा नेपालले १२ औं स्थानमा चित्त बुझाउन परेको हो । नेपालभन्दा पछाडि नर्वे, रोमानियाँ र कोलम्बिया रहे । प्रतियोगितामा १६ देशका ४९ टिमले विभिन्न विधामा प्रतिस्पर्धा गरेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियाँ अष्ट्रेलिया आएका थिए । यस्तै प्रशिक्षकमा निमबहादुर मगर थिए । सरकारी निकायको पहल नहुँदा व्यक्तिगत तवरमै खेलाडीहरु देशको प्रतिनिधित्व गर्दै आएका थिए ।