खर्चिलो बन्दै एनआरएन अष्ट्रेलियाको चुनाव, अध्यक्षमा उम्मेद्वारी दिन २ हजार डलर, फिर्ता नहुने !


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन खर्चालु बन्दै गएको छ । स्वयंसेवी यो संस्थामा हरेक दुई वर्षमा नेतृत्व परिवर्तनका लागि निर्वाचन हुने गर्दछ । एनआरएन अष्ट्रेलियाको राज्य समन्वय समितिको निर्वाचनमा कतिपय पदमा सर्वसम्मत हुने गरेका भएपनि धेरैजसो पदमा कम्तिमा पनि दुई समूहबीच प्रतिस्पर्धा चल्ने गर्दछ । यस हिसाबले एनआरएन अष्ट्रेलियाका विभिन्न पदमा उम्मेद्वारी दिँदा लाग्ने शुल्कबाट मात्रै पनि करिब एक लाख डलर शुल्क उठ्ने देखिएको छ । एनआरएन अष्ट्रेलियाको कार्यसमिति सदस्य पदमा उठ्नका लागि नै पनि प्रतिव्यक्ति ७ सय ५० डलर तिर्नुपर्नेछ । मनोनितको हकमा समेत यही लागू हुनेछ । एनआरएन अष्ट्रेलियाको केन्द्रीय कार्यसमितिमा कम्तिमा २४ जना सदस्य मात्रै रहने गर्दछन् । सदस्य संख्या बढेको अवस्थामा यो संख्या थपिन पनि सक्छ । एनआरएन अष्ट्रेलियाको केन्द्रीय कार्यसमितिमा र आईसीसी सदस्य पदका लागि उठ्ने व्यक्तिहरुले बुझाएको शुल्क मात्र एक लाख डलर पुग्ने हिसाब देखिन्छ । यस्तै अन्य राज्य समितिहरुमा त्यही किसिमको शुल्क तोकिएको छ । दुई सय डलरभन्दा कम रकम तिरेर कुनैपनि उम्मेद्वारी दिन पाइने अवस्था छैन । 

हामीले यस विषयमा एनआरएन अष्ट्रेलियाको राष्ट्रिय निर्वाचन आयोगका प्रमुख आयुक्त मन केसीले एमएनटीभीसँग कुरा गर्दै यो आवेदन शुल्क वर्तमान कार्यसमितिले प्रस्ताव गरेको र छलफलबाट यसलाई टुंगो लगाइने बताए । केसीले अध्यक्ष लगायतका पदहरुमा थोरै शुल्क राखेको अवस्थामा धेरैजना उम्मेद्वार हुने अनि मतदातालाई समेत दिग्भ्रमित बनाउने भएकाले शुल्क बढाउने व्यवस्था ठीकै हुने आफुलाई लागेको बताए ।

उता एनआरएन अष्ट्रेलियाले निर्वाचनमा उम्मेद्वारी दिनका लागि बुझाइएको शुल्क कुनैपनि हालतमा फिर्ता नहुने सूचना जारी गरिसकेको छ । उम्मेद्वारी फिर्ता गर्ने निर्णय भएको अवस्थामा, उम्मेद्वारी खारेज हुने भएको अवस्थामा यो आर्थिक पक्षको जिम्मेवारी स्वयं उम्मेद्वारले लिनुपर्ने उसको तर्क छ । एक लाख डलरभन्दा बढी त केन्द्रीय कार्यसमितिकै पदहरुको उम्मेद्वारीबाट संकलन हुने निर्वाचनमा भने मात्र ६० हजार डलर खर्च लाग्ने अनुमान छ । अघिल्लो पटक निर्वाचनबाट मात्रै एनआरएन अष्ट्रेलियाले करिब ३० हजार डलर रकम खुद मुनाफा गरेको थियो । एनआरएन अष्ट्रेलियाको निर्वाचन कार्यतालिका अनुसार आगामी जुन ३ तारिखदेखि ८ तारिखसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको छ ।

यस्तो छ शुल्कको तालिका

Position Fees
National Team
National President $2,000
ICC Members $1,000
National Vice President (SCC Coordinator) $1,000
National General Secretary $1,200
National Secretary $800
National Treasurer $1000
National Joint Treasurer (If applicable) $800
National Youth Coordinator $1,000
National Women Focal Point (Coordinator of National Nari Nikunja) $1,000
Nominated National Spokesperson and National Public Officer $1,000
NCC Members and Nominated NCC members $700
National Nari Nikung and Youth Forum
National Deputy Youth and Woman Coordinator $600
National Youth and Woman Forum Secretary $500
National Youth and Woman Forum Treasurer $500
National Youth and Woman Forum Members $400
State and Territory – SCC
SCC State Deputy Coordinator  $500
SCC State Secretary  $500
SCC State Joint Secretary  $400
SCC State Treasurer  $500
SCC State Members $300
State Youth Forum and Nari Nikung
State Woman and Youth Forum Coordinator $500
State Deputy Woman and Youth Forum Coordinator $400
State Woman and Youth Forum Members $200

Note: –   Under no circumstances, there is a refund after filing the nomination. Even if the nomination is invalid, there is no refund. It is up to the candidate to make sure that the nomination is valid. It is up to the candidate to confirm the proposer and nominator that they have not endorsed other candidates. When the candidates withdraw from the election prior to withdrawal date or after, no refund is available. Please make sure that you intend to run for election when filing the nomination. If the withdrawal is done prior to withdrawal date, then name won’t appear in the ballot paper. If the withdrawal is done after the withdrawal date, then the name will appear in ballot paper.
– The elected ICC members are liable to pay ICC membership fee charged by the NRNA ICC on the ICC Global Conference before taking oath to become the ICC member in Nepal.

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?