मेलबर्नमा नेपाली सामूदायिक केन्द्रको फड्को, १५ लाख डलरमा घरसहितको जग्गा किन्ने  तयारी


अष्ट्रेलियाको मेलबर्नमा बनाउन लागिएको नेपाली सामूदायिक केन्द्रको लागि घरसहितको जग्गा किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ करिब एक सयभन्दा बढी ठाउँहरुमा गरिएको खोज र अनुसन्धानपछि यो जग्गा किन्ने अन्तिम निर्णय गरिएको हो जग्गा किन्नका लागि बनाइएको साईट सेलेक्सन कमिटीका संयोजक समेत रहेका संस्थाका अध्यक्ष डा. चन्द्रदिपक पोखरेलका अनुसार यो जग्गा मेलबर्न सिटीबाट मात्र ३३ किलोमिटरको दूरीमा छ भने मेलबर्नमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने ग्लेनरोयबाट २४ किलोमिटरमा पर्छ हाल अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको कोषमा जम्मा भइसकेको र दिने प्रतिबद्धता गरिएको रकम १४ लाख डलर छ भने जग्गा खरिद गर्नका लागि थप २ लाख डलर आवश्यक हुनेछ एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष डा. पोखरेलले भने, “स्ट्याम्प ड्युटी लगायत गरेर १६ लाख पर्न जाने देखिएको छ हामीसँग ६ महिनाको समय छ ।” 

खरिद गर्न लागिएको घरसहितको जग्गा १५ एकडमा फैलिएको छ अहिले नै भएको संरचनामा मर्मत गरेर तत्कालै केन्द्र सञ्चालन गर्न समेत सकिने र २ सय जनासम्म अट्ने प्रार्थना कक्ष पनि बनाउन सकिने देखिएको छ यद्यपि यसका लागि मन्दिर बनाउने, यहाँ विभिन्न कार्यक्रम गर्ने लगायतका लागि पूर्वस्वीकृति लिनुपर्नेछ (जग्गा सम्बन्धी थप जानकारीको लागि फोटोमा क्लीक गर्नुहोस् )

अध्यक्ष डा. पोखरेलले अगाडि थपे, “यो पक्कै पनि हामी भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि ऐतिहासिक क्षण हो जग्गा खोज्ने कार्यमा सहभागी हुने सहित सम्पूर्ण सदस्यहरु बधाईको पात्र हुनुहुन्छ उहाँहरुको धैर्य, विश्वास र सहयोगले नै यो सफलता मिल्न सकेको हो ।”

भर्खरै विशेष साधारणसभा सम्पन्न गरेको अष्ट्रेलियन नेप्लीजन कम्युनिटी सेन्टरले सदस्यता मार्फत रकम संकलन गरेको थियो सामूदायिक केन्द्र बनाउनकै लागि अघिल्लो वर्ष पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा सप्ताह समेत आयोजना गरिएको थियो जसमा सहयोग रकम जुट्नुका साथै सदस्य संख्या पनि बढेको थियो अध्यक्ष डा. पोखरेलले सदस्य बन्न बाँकी रहेका भिक्टोरियावासी नेपालीलाई सदस्य बनेर यो ऐतिहासिक कडीमा जोडिन अनुरोध गरेका छन्  

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?