नेप्लिज टेनिस क्लव अष्ट्रेलियाको अध्यक्षमा सुपक अधिकारी पुन निर्वाचित
नेप्लिज टेनिस क्लव अष्ट्रेलियाले २०१९/२० को लागी नयॉ कार्यसमिति पाएको छ । अध्यक्षमा सुपक अधिकारी पुन निर्वाचित भएका छन् भने उपाध्यक्षमा राजु केशी, सचिवमा बलराम भण्डारी, कोषाध्यक्षमा सुरज कुँवर, पब्लिक अफिसरमा सन्तोष चालिसे सल्लाहकारमा दीपेन्द्र गुरुङ आएका छन् र सदस्यहरुमा अशोक एसी , रमन अधिकारी, सागर श्रेष्ठ, श्याम बोहरा, सुजित शाह, उमेश बुढाथोकी र भिएस थापा निर्वाचित भएका छन्। यसैविच नयॉ कार्यसमितिले हरेक बर्ष झै यस बर्ष पनि साउथ अष्ट्रेलियामा रहेका नेपाली विच टेनिस प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।