मेलबर्नका स्पन्दन थापाले जिते तेक्वान्दो नेसनल च्याम्पियनसिपमा रजत पदक
एक नेपाली किशोरले अष्ट्रेलियाको देशव्यापी तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । मेलबर्न निवासी स्पन्दन थापाले अष्ट्रेलियन नेशनल तेक्वान्दो च्याम्पियन्सीपमा फेदरवेट समुहको प्रतिस्पर्धामा रजत जितेका हुने । उनी १३ बर्षका छन् । मेलबर्न निवासी स्पन्दनले अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा उनले आफ्नो कुशलता देखाएका हुन् ।
परिवारका साथ मेल्बोर्नको सेन्ट अल्बान्समा लामो समय देखी बसोबास गर्दै आएका स्पन्दन सानै उमेर देखिनै विभिन्न खेलमा रुची राख्द्थे । आफ्नो करियरमा पढाई सङ्गै तेक्वान्दो खेल रोजेका स्पन्दन भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भइ प्रतियोगिताका लागि छानिएका थिए । पढाईमा पनि उत्तिकै अब्बल स्पन्दनले सन २०१६ देखिनै भिक्टोरियामा आयोजना भएका प्रतियोगिताहरुमा जीत हासिल गर्दै पदक प्राप्त गरिसकेका छन् । स्पन्दन सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लब सङ्ग आबद्ध रहेका छन । क्लबका प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगती गर्न सक्नेमा आफु र क्लब ढुक्क रहेको बताए ।
मेल्बोर्न नेपालीज कम्युनीटि वेस्टका बर्तमान अध्यक्ष तथा बिभिन्न सामाजिक संस्थामा सकृयता पुर्बक आफ्नो भुमिका निभाउदै आउनु भएका स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठले छोराको सफलतामा आफुहरुलाई गर्व लागेको प्रतिmित्रया दिएका छन् ।