साउदी अरबका युवराज मोहम्मद विन सलमानलाई परिवारबाटै खतरा


साउदी अरबको राजपरिवार युवराज मोहम्मद बिन सलमानविरुद्ध लाग्न थालेको छ । गत महिना तेल प्रशोधन केन्द्रमा भएको आक्रमणपछि युवराजले साउदीको सुरक्षा गर्न नसक्ने डर देखिएको भन्दै युवराजविरुद्ध गतिविधि शुरू भएको हो ।

सत्तारूढ अल साउद वंशमा १० हजार सदस्य छन् र उनीहरूले आफ्नो देशको हितका विषयमा चिन्ता लिएको शाही परिवारसँग सम्बन्ध राख्ने वरिष्ठ कूटनीतिज्ञहरूले बताए ।

गत सेप्टेम्बर १४ मा गरिएको हडतालले पनि सम्भ्रान्त समूहमा असन्तुष्टि छाएको छ र उनीहरू युवराजले सत्तामा कठोर पकड बनाउन चाहेको विश्वास गर्छन् ।

इरानविरुद्ध उनले बढी नै आक्रामक अडान लिएको भनी आलोचना हुन थालेको छ ।

‘युवराजको नेतृत्वप्रति निकै आक्रोश छ । उनीहरूले आक्रमणको सुइँको कसरी पाएनन् रु’ शाही परिवारसँग सम्पर्कमा रहेका एक साउदी सम्भ्रान्तले सोधे । 

सम्भ्रान्त वृत्तमा केही मानिसले युवराजप्रति विश्वास नरहेको बताएको ती व्यक्तिको कथन छ । चार अन्य स्रोत र वरिष्ठ कूटनीतिकर्मीले पनि यसमा समर्थन जनाएका छन् ।

तर युवराजका कट्टर समर्थक पनि छन् । युवराजप्रति बफादार एक साउदी स्रोतले भने, ‘पछिल्ला घटनाक्रमले उनलाई व्यक्तिगत असर पार्दैन किनकि उनी यस क्षेत्रमा इरानी विस्तार रोक्न खोज्दैछन् । यो देशभक्तिको विषय हो त्यसैले उनी खतरामा छैनन्, कम्तीमा उनका बुवा जीवित रहुन्जेल त जोखिममा छैनन् ।’

अर्का वरिष्ठ कूटनीतिज्ञले सामान्य साउदीहरू सलमानकै नेतृत्वमा एकताबद्ध हुन चाहेको बताउँछन् र उनी बलिया, निर्णायक र गतिशील नेता भएको विश्वास गर्छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?