अष्ट्रेलियाका एनआरएन प्रतिनिधिले फोडे अध्यागमन टेबलको सीसा ! हिरासतमा दुई रात


गैरआवासीय नेपाली संघको निर्वाचनमा विभिन्न वितण्डा हुने क्रम जारी छ । संस्थापक अध्यक्षले नै राजनीतिकरण भएकाले बहिष्कार गरेको भनिएको यो सम्मेलनमा अष्ट्रेलियाबाट काठमाडौं आएका प्रतिनिधि रमेश कुमार थापाले अध्यागमनमा वितण्डा गरेपछि उनलाई हिरासतमा राखिएको छ । दुई दिनदेखि हिरासतमा रहेका थापाले गत आईतबार १३ अक्टोबरका दिन क्याथे प्यासिफिक विमानबाट आएका अष्ट्रेलियन नागरिक पासपोर्ट नम्बर पीए ७१०२५६६ वाहक रमेश कुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीलाई अपशब्द बोलेको आरोप लागेको छ । उनले आक्रोशित हुँदै टेबलको सिसामा मुड्की बजार्दा सीसा फुटेको थियो । उनको पासपोर्ट लिएर प्रहरीलाई बुझाइएको प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले जनाएका छन् । थापाले आफु पनि नेपाली नागरिक भए भन्दै विदेशी बस्ने लाईनमा बस्न अस्वीकार गरेको उनले बताएका छन् । अध्यागमन अधिकृत पौडेलले नेपाली मूलका विदेशी नागरिकहरुबाट पटक पटक अध्यागमन कार्यालयका कर्मचारीहरुसँग अभद्र व्यवहार हुने गरेको गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?