सकियो तिहार, राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले लगाए दिदीबहिनीको हातबाट टीका


यस वर्षको तिहार भाईटीकासँगै सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहसहित सर्वसाधारणले पनि आफ्ना दिदीबहिनीसँग टिका लगाएका छन् । हेर्नुहोस् तस्वीरमा भीआईपीदेखि सर्वसाधारणसम्मको भाईटीका-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट बिहान १० बजेर ५१ मिनेटमा भाइटीका लगाएका हुन्।

 

सर्वसाधारणको टिका, दिदीभाइको आत्मियता

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?