गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
केही समयदेखि युट्युबहरुमा भाईरल भन्दै तथानाम बक्दै आएका एक व्यक्तिलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । आफुलाई अघोरी बाबा भन्ने र जेपायो त्यही बोल्दै आएका उनका फ्यानहरु पनि देखिएका थिए । काठमाडौंको सुन्दरीजल क्षेत्रमा ठगी र बलात्कार काण्ड घटाएपछि भागेर पशुपति क्षेत्रमा बस्दै आएका यिनलाई केही युट्युबरहरुले आफ्नो डलर कमाउने साधन बनाएका थिए । यही कारण धेरैभन्दा धेरै मानिसहरुमा उनीहरुको अनेक चर्तिकला समेत लगिएको थियो । पछिल्लो समय युट्युब मार्फत भित्रिएको विकृतिको एउटा उदाहरण नै बनेका उनलाई प्रहरीले बौद्ध चौकीमा राखेको छ । विजय केसी नाम गरेका यी गँजेडी ‘बाबा’ले विदेश पठाउने प्रलोभन दिएर पैसा असुल गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । उनीसँगै भर्खरै बिहे गरेकी एक अधवैंसे महिलालाई पनि नियन्त्रणमा लियएको छ । निज महिला अमेरिकाबाट फर्किएकी भनिएको छ । तर, उनको पनि विगत ठगीकै देखिएको छ । प्रहरीले उजुरीकर्ताको विषयमा खुलाएको छैन तर अमेरिका लैजाने भन्दै यिनले पैसा असुलेका थिए । लाईफ ड्यामेज भन्ने थेगो प्रयोग गर्ने यी व्यक्तिलाई केही समय अघि अष्ट्रेलिया समेत ल्याउने चर्चा चलेको थियो । उनले आफैं पनि गाँजा सेवन गर्ने गरेको र गाँजा बेच्ने गरेको आरोप यसअघि नै लागिसकेको छ ।