चितवन समाज भिक्टोरिया डिसेम्बर १५ तारिख क्रुज पार्टी गर्दै, एएनएमसीलाई सघाउने
चितवन समाज भिक्टोरियाले आगामी डिसेम्बर १५ तारिखका दिन मेलबर्नमा क्रुज पार्टीको आयोजना गर्ने भएको छ । हरेक वर्ष चितवन समाजले दशैं, तिहार लगायतका चाडवाडको अवसरमा गर्दै आएको क्रुज पार्टी यस पटक भने अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा गर्न लागेको हो । यस पटकको आयोजनाको मुख्य उद्देश्य नै यहाँ बन्न लागेको नेपाली बहुसांस्कृतिक केन्द्रलाई सघाउनु रहेको आयोजक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष आत्मा रिजालले १५ डिसेम्बर दिउँसो १ बजेदेखि ५ बजेसम्म पानीजहाजमा बसेर नेपाली विभिन्न परिकारका स्वाद लिँदै मेलबर्न शहर किनाराको शयर गर्न पाइने जानकारी दिए । यस क्रुज पार्टीमा ५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था छ भने अन्यले प्रतिव्यक्ति ६० डलर तिर्नुपर्नेछ ।