नेपाललाई फुटबलमा गोल्ड मेडल, सकियो साग, अब पाकिस्तानमा
१३ औं दक्षिण एसियाली खेलकुद ‘साग’अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पराजित गदै नेपालले स्वर्ण पदक जितेको हो । नेपालको जितका लागि सुनिल बलको गोल निर्णायक रह्यो । सुनिलले खेलको ५३औं मिनेटमा नेपालका लागि दोस्रो गोल गरेका थिए । यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले जित सुनिश्चित गरेको हो । नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।
यससँगै नेपालमा आयोजना गरिएको १३ औं सार्क खेलकुद समापन भएको छ । १४ औं साग खेल पाकिस्तानमा गरिने भएको छ । नेपालले आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको छ ।