राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखामा भाँडभैलो, राजीनामाको लहर !


नेपालको लोकगीतलाई अष्ट्रेलियाको भूमिमा प्रबद्र्धन गर्ने, कलाकारहरुलाई एकताबद्ध पार्ने उद्देश्य राखेर केही समय अघि गठन गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखामा राजीनामा लहर देखिएको छ । यसका तत्कालीन संयोजक एवं वर्तमान संरक्षक पूर्ण परियारले राजीनामा दिएपछि अहिले यो क्रम उपाध्यक्ष विजयजंग थापा, उपाध्यक्ष ऊमा गिरी, सचिव रोशन भट्टराईसहित चार जनाले राजीनामा दिएपछि उत्कर्षमा पुगेको छ ।
राजीनामा दिनेहरुले केन्द्रको गैरजिम्मेवारपूर्ण रवैया, अष्ट्रेलिया अध्यक्ष गोविन्द भट्टराई लगायतको मनपरी नियुक्ति गर्ने प्रथाबाट आजीत भएर राजीनामा दिएको दावी गरेका छन् । उनीहरुले दिएको राजीनामामा संस्था पारदर्शी रुपमा चल्न नसकेको, लोकतान्त्रिक पद्धति अवलम्बन नगरेको लगायतका आरोप लगाइएको छ । यस्तो विषयमा बारम्बार ध्यानाकर्षण गर्दा पनि उल्टै विभिन्न धाक धम्की दिने कार्य भएबाट आफुहरु संस्थामा रहन नसक्ने भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।
एमएनटीभीलाई प्राप्त संरक्षक पूर्ण परियारको राजीनामा पत्रमा भनिएको छ, अनेक कसरत गरेर गठन गरिएको संस्थामा आज न त त्यसको कुनै मूल्यांकन भयो न त संस्था सही बाटोमा उभ्याउन सकियो । आफैंले जन्माएको सन्तानबाट घृणित भई घरमा बस्नुको कुनै ओचित्य रहन्न त्यसैले संस्थाबाट बाहिरिने निर्णय गरेको जानकारी गराउँदछु । राजीनामा दिँदै गर्दा यो कसैको हारजीत नभई संस्था शुद्धिकरणको निम्ति गरिएको त्याग हो । भनिएको छ ।
यस्ता छन् राजीनामाका श्रृंखला

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?