बैंक कसुरमा फरार भ्यूटावर निर्माणकर्ता मनोज भेटवाल आत्मसमर्पण गरेपछि प्रहरी नियन्त्रणमा
राजधानीको रत्नपार्कस्थित पुरानो बसपार्कमा बहुउद्देश्यीय भ्यूटार निर्माण कम्पनीका सञ्चालक मनोज भेटवालले महानगरीय प्रहरी सामु आत्मसमर्पण गरेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेपछि सञ्चालक भेटवालले महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका हुन् ।
परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार अभियुक्त भेटवाल मंगलबार टेकुस्थित परिसरको कार्यालयमा आफै उपस्थित भएका हुन् ।
जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीका सञ्चालक भेटवालले विभिन्न ठेक्काको भुक्तानीमा ठगी गरेको उजुरी परेको थियो । ‘क’ वर्गको ठेकेदार भेटवालले खुलामञ्च रत्नपार्क जस्तो सार्वजनिक सम्पति कब्जा गरि घर–टहरा निर्माण गरी भाडामा लगाएका थिए ।
सर्वसाधारणको विरोधपछि उक्त घर टहरा डोजर लगाएर हटाइएको थियो । बहुउद्देश्यीय भ्यूटार निर्माण कार्य अलपत्र परेको छ ।