कोरोनाबारे मनलाग्दी झुठो प्रचार गर्न विवेक थापा पक्राउ !
कोरोना भाईरसले नर्भिक अस्पतालमा धेरेको मृत्यु भएको भन्दै अडियो सन्देश मानिसहरुमा पठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हुँदै नभएको घटना भएको भनेर उनले मानिसहरुमा आतंक सिर्जना गरेका थिए । रामेछाप घर भई भक्तपुर सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापामगरलाई प्रहरीको साईबर व्यूरोले पक्राउ गरेको हो । कोरोनाको उच्च जोखिममा नेपाल भएपनि अहिलेसम्म कसैको मृत्यु भएको छैन । कोरोनाको आशंका गरिएपनि पुष्टि भने अहिलेसम्म भएको छैन । यस्ता अनर्गल प्रचार गर्नेलाई नेपाल प्रहरीले निगरानी गर्ने र कारवाही गर्ने प्रहरीले स्पष्ट गरेको छ । यसअघि नर्भिक अस्पतालले पनि यस्तो भ्रामक कुराको पछि नलाग्न आग्रह गरिसकेको छ ।