बेलायतका प्रधानमन्त्री बोरिसलाई कोरोनाको संक्रमण, लक्षण सामान्य


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले अहिले आफूमा सामान्य लक्षणमात्र देखिएको बताएका छन् । 

‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन् । कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् । केही दिनअघि बेलायतका युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।अहिले उनी सेल्फ क्वारेन्टाइनमा छन् ।

बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?