अष्ट्रेलियाबाट नेपाल फर्किएका ११ जनाको नामावली यस्तो छ, बसुन्धरा क्वारेन्टाईनमा राखियो
काठमाडौं । दूतावासले सिफारिश गरेका तीनजनासहित मंगलबार स्वदेश फर्कने ११ जनाको नामावली प्राप्त भएको छ । काठमाडौंबाट प्राप्त सूचना अनुसार उनीहरु मंगलबार राति काठमाडौं उत्रिएका हुन् । नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु राति ११ बजेर १५ मिनेट जाँदा काठमाडौं आइपुगेका हुन् ।
अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत बिभिन्न मुलुकका नागरिकहरुलाई लिएर अष्ट्रेलिया चार्टड उडान भरेको नेपाल एयरलाइन्स जम्मा ११ जना नेपाली बोकेर राजधानी क्यानबेराबाट नेपाल आएको हो ।
अष्ट्रेलियाबाट आएका सबै ११ जनालाई यति पार्टी प्यालेस बसुन्धरा लगिएको छ । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षण पछि त्यही बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । अष्ट्रेलियाबाट आउन चाहने नेपालीको संख्या १३ सय बढी भएपनि ११ जना मात्र लिएर आउँदा सरकारको सर्वत्र आलोचना हुन थालेको छ । उनीहरुलाई प्राथमिकतामा राखेर उद्धार गरिएको सीसीएमसीका एक अधिकारीले बताए ।
एक अधिकारीका अनुसार अष्ट्रेलियाबाट फर्किएको विमानमा रहेकाहरुमा
१. अनिशा अधिकारी
२. जितेन्द्र बलामी
३. चर्चा भट्टराई
४. सुनिष्ठा दाहाल
५. उसा मरासिनी
६. नेत्र मरासिनी
७. विशाल पौडेल
८. जयकला राई
९. रमेश सिलवाल
१०. ज्योति सिलवाल
११. सुनिता परियार छन् ।
उनीहरुमध्ये ३ जना दूतावासको प्राथमिकताको सूचीमा थिए । उनीहरुलाई मानवीय आधारमा सिफारिश गरिएको दूतावास श्रोतले बताएको थियो । बाँकी अन्यहरु नेपालबाट नै सिफारिश भई आएका व्यक्तिहरु थिए । उनीहरुमध्ये अधिकांश सरकारी कर्मचारी र पहुँचका आधारमा सिफारिश बनाउन सफल व्यक्तिहरु रहेको बुझिएको छ ।