काठमाडौंबाट २४ जना अष्ट्रेलिया आउँदै, आज सिड्नी काठमाडौं उडानमा १८ विजनेस क्लास
अष्ट्रेलियामा रहेका नेपाली नागरिकहरुलाई अत्यन्त जरुरी कारणले स्वदेश फर्कनुपर्ने अवस्थामा नेपाल सरकारले सञ्चालन गरेको चार्टड उडानबाट आज २ सय ७६ जना उड्दैछन् । यीमध्ये १८ जना विजनेस क्लासमा यात्रा गर्नेछन् । उता काठमाडौंबाट सिड्नी आउँदै गरेको विमानमा २२ जना ईकोनोमी क्लास र २ जना विजनेस क्लासका यात्रु छन् । अष्ट्रेलियाबाट काठमाडौं जान लागेको यो पहिलो नेपाल एयरलाईन्सको चार्टड उडान नेपाल सरकारको तयारीमा दूतावासको संयोजनमा हुन लागेको हो ।
अहिले ११ बजे सिड्नी ओर्लने विमान १ बजे मलेसियाको राजधानी क्वालालम्पुरका लागि उड्नेछ । आजै राति १०ः४० मा काठमाडौं पुग्ने तालिका छ ।
नेपाल एयरलाईन्स श्रोतले दिएको जानकारी अनुसार सिड्नीबाट काठमाडौं जान लागेका १८ जना विजनेस क्लासका यात्रुहरुले १९ सय अमेरिकी डलर भाडा तिरेका छन् । ईकोनोमी क्लासका यात्रुहरुले भने १६ सय १५ अमेरिकी डलर भाडा तिर्नुपरेका थियो । यसका लागि एयरलाईन्सले नै तोकेको ट्राभल एजेन्सीले नेपालमा नै सम्पूर्ण भुक्तानी गर्ने व्यवस्था मिलाएको थियो । अष्ट्रेलियन दूतावासले चार्टड गरेको फ्लाईटमा भने टिकटदर ईकोनोमी क्लासको लागि १६ सय ५० अमेरिकी डलर र विजनेस क्लासको लागि २३ समय अमेरिकी डलर भएको बुझिएको छ