आइफेल टाबर १०४ दिनपछि खुल्यो
कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ ।