नेपालमा ल्याबको संख्या ३३ बनाई पीसीआर टेष्ट बढाइने


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अवको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण गरिने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उहाँले अहिले २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिनुभयो । मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताउनुभयो । उहाँले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताउनुभयो । रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब रु एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?