मेलम्ची आउने भएपछि फेरि अर्को तमासा, शेरबहादुरको आफ्नै दाउ !
बल्लतल्ल मेलम्चीको पानी काठमाडां आउने बाटो खलेको छ । केही दिन अघि पथान्तरण भयो । तर, स्थानीयवासी भन्दै यतिबेला पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ बाटोमा भाँजो हाल्न आइपुगेका छन् । उनले स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने बताएका छन् । कहिले मुआब्जा, कहिले बाटो, कहिले क्षतिपूर्ति, कहिले के, कहिले के माग राख्दै आयोजनालाई निरन्तर प्रभावित बनाउँदै आएका स्वार्थ समूको चलखेल फेरि देखिनथाल्नु दुखद भएको काठमाडौंवासी बताउँछन् ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा यही असार २१ गते पानी परीक्षण शुरु गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन् । स्थानीयवासीको मागलाई सम्बोधन र वातावारणीय प्रभावको मूल्याङकन गरी सिन्धुपाल्चोकको विकास निर्माणकार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा त्यसो नभएकामा खानेपानी मन्त्रालयले गरेको कामप्रति स्थानीयवासी आक्रोशित बनेका हुन् ।
सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताए सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण ग¥यो, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उनको भनाई छ ।
प्रभावित क्षेत्रका स्थानीयवासीको हकमा के हुन्छ रु भन्ने प्रश्नमा सांसद तामाङले रोयल्टी निर्धारण गरेर विकास निर्माणका काममा सहयोग गर्नुपर्ने र मेलम्चीको पानी काठमाडौँ लगेर काठमाडौँवासीको काकाकुल स्थितिलाई केही हल गर्नका लागि यति ठूलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभावित क्षेत्रका बस्तीमा पनि सफा पिउने पानी उपलब्ध गराउनु राज्यको दायित्व रहेको स्मरण गराउँदै तामाङले अब जिल्लावासी फाइल बोकेर विभिन्न कार्यालय धाउनुभन्दा पनि सम्बन्धित निकाय आफैँ जनताको आवश्यकता बुझ्न लाग्नुपर्ने बताए ।
पानी परीक्षण गर्दा सिन्धुवासीलाई छल्न खाजेको भन्दै उहाँले सिन्धुवासीलाई यस क्षेत्रको विकास निर्माणलगायत रोयल्टी निर्धारण गरेर मात्र पानी जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गरेका छन् । नेपालीकै उपभोगका लागि पानी लैजाँदा रोयल्टी ? कस्तो हो यो प्रवृत्ति यतिबेला तिव्र विरोध सुरु भएको छ ।