एन्फाले सेनालाई दियो १४ लाख बराबरको खेलसँग सम्बन्धित सामग्री
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन रु १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
हस्तान्तरण गरिएका सामग्रीमा विशिष्ट व्यक्ति रहने प्यारापिटमुनि रहेको कोठामा खेलाडीका लागि लकर, फिजियोथेरापी बेड, रेफ्रिजिरेटर, ऐना, सोफा, टेबललगायत छन् । एन्फाले त्यहाँ रहेका तीन कोठामा गलैँचा, झ्यालमा ट्रान्स लुसेन्ट स्टिकर तथा रङरोगसमेत गरी सेनालाई हस्तान्तरण गरेको छ ।अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगितामा अभ्यासका लागि उक्त खेल मैदान सुविधायुक्त बनाउने प्रयास भइरहेको छ । सो खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकूदको विकासमा थप योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।