मंगलबार अष्ट्रेलियाबाट यसरी स्वदेश फर्कदैछन् १ सय ५३ नेपाली !


कोरोना महामारीका कारण विगत चार महिनादेखि अष्ट्रेलियामा रोकिन बाध्य भएका नेपाली नागरिकहरुमध्ये १ सय ५३ जना मंगलबार स्वदेश फर्कने भएका छन् । क्यानबेरास्थित नेपाली दूतावासको संयोजनमा एनआरएन अष्ट्रेलियाको नेतृत्वममा गठित समितिको निरन्तर पहलपछि उनीहरु स्वदेश फर्कने तय भएको हो । सिंगापुर एयरलाईन्सको सेमीचार्टड विमानमार्फत अष्ट्रेलियाका विभिन्न शहरबाट सिंगापुरसम्म र त्यहाँबाट काठमाडौंसम्म जाने यात्रा तय भएको छ ।

एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनील पोखरेलका अनुसार सिड्नीबाट १४ जुलाई राति ८ बजेर २५ मिनेटमा विमान उड्नेछ भने सोही विमान ब्रिसबेनबाट फेरि राति ११ बजे उड्नेछ र भोलिपल्ट विहान ५ बजे सिंगापुर पुग्नेछ । मेलबर्नबाट १४ जुलाईको राति ११ बजेर ३० मिनेटमा उडेको विमान भोलिपल्ट विहान ५ः४५ मा सिंगापुर पुग्ने तालिका छ । चार घण्टाको ट्रान्जिटपछि विहान ९ बजेको उडेको विमान नेपाली समय अनुसार बुधबार मध्यान्ह १२ बजेर १० मिनेटमा काठमाडौंमा ल्याण्ड गर्ने तालिका छ ।

सिड्नीबाट १४ जुलाई राति ८ बजेर २५ मिनेटमा विमान उड्नेछ भने सोही विमान ब्रिसबेनबाट फेरि राति ११ बजे उड्नेछ र भोलिपल्ट विहान ५ बजे सिंगापुर पुग्नेछ । मेलबर्नबाट १४ जुलाईको राति ११ बजेर ३० मिनेटमा उडेको विमान भोलिपल्ट विहान ५ः४५ मा सिंगापुर पुग्ने तालिका छ । चार घण्टाको ट्रान्जिटपछि विहान ९ बजेको उडेको विमान नेपाली समय अनुसार बुधबार मध्यान्ह १२ बजेर १० मिनेटमा काठमाडौंमा ल्याण्ड गर्ने तालिका छ ।

नेपाल सरकारले जुलाई १२ पछि अन्तर्राष्ट्रिय चार्टड फ्लाईटहरु नेपाल आउने क्रम बन्द गर्ने तयारी गरेको भएपनि नेपाली दूतावासको विशेष आग्रहमा एक साताका लागि सरकारले समय थप गरेको छ । अब १९ तारिखपछि विदेशबाट आउने कुनैपनि विमानलाई नेपालमा अवतरण गर्न नदिइने र अहिलेसम्मको स्वदेश फिर्ती, यसले समूदायमा कोरोनाको संक्रमणमा पारेको असर लगायतमा समिक्षा गरिने भएको छ ।

एमएनटीभीसँग कुरा गर्दै राजदूत महेशराज दाहालले स्थिति छिनछिनमा परिवर्तन भइरहेका कारण दूतावास सरकारसँग सम्पर्कमै रही कार्य गरिरहेको बताए । राजदूत दाहालले अतिजरुरी काम भई अष्ट्रेलियाबाट फर्कन चाहने नेपालीहरुको निम्ति दूतावासको समन्वयमा यसअघि नेपाल एयरलाईन्सका दुई फ्लाईट भइसकेको र टिकटदरमा केही गुनासो आएपछि समूदायको संलग्नतामा यो तेश्रो फ्लाईट व्यवस्था भएको स्पष्ट पारे । उनले भने, “अझै धेरै नेपाली स्वदेश फर्कन चाहनुहुन्छ । स्थिति दुबैतिर तरल छ यसैकारण अत्यावश्यक भएमा मात्र यात्रा गर्न अनुरोध छ । हामीले नेपाली सामूदायिक संस्थाहरु, एनआरएन, चिकित्सकहरुको संस्था एएनएमडीए, फेन्का, पत्रकारहरुको संस्था एन्जा सहितको सहकार्यमा बनाएको समितिले अरु थप फ्लाईटका लागि पनि पहल गरिरहेको छ ।”

राजदूत दाहालले राष्ट्रिय ध्वजावाहक नै अष्ट्रेलियावासी नेपालीको पहिलो रोजाई भएपनि भाडादर लगायतका कारणले मात्र अन्य एयरलाईन्सले मौका पाएको स्पष्ट पारे ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले यात्रुहरुलाई अनिवार्य पिसिआर टेष्ट गरी तयारी अवस्थामा रहने जानकारी दिइसकिएको र सोमबार मध्यान्हभित्र उनीहरुको ईमेलमै टिकट पठाईसक्ने बताउँछन् । उनले भने, “हाम्रा स्वयंसेवक साथीहरुले एकदमै मेहनत गरिरहनुभएको छ । सकेसम्म कुनै असमझदारी नहोस् भन्ने हाम्रो तयारी छ । केही समस्या परेमा तुरुन्त हामीलाई सम्पर्क गर्न अनुरोध छ । यदि पिसिआर टेष्ट नेगेटिभ नभएमा तपाईंको सट्टा अर्को प्रतिक्षा सूचिमा रहेको व्यक्ति जानुहुनेछ ।”

एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे सरकारले तोकेको समयभित्र अरु दुईवटा फ्लाईट गर्न सकिन्छ कि भनेर प्रयास सुरु भइसकेको बताउँछन् । पाण्डेका अनुसार यसका लागि ट्राभल एजेन्सीहरुलाई पहल अघि बढाउन पत्राचार गरिसकिएको छ । उनीहरुको जवाफका आधारमा अन्य निर्णय गरिने जानकारी उनले दिए ।
गैरआवासीय नेपाली संघका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले नेपाल सरकार, दूतावास र समूदायको सहकार्यको प्रतिफल नै स्वदेश फर्कन चाहने यात्रुहरुले यो अवसर प्राप्त गरेको र सबैको चासो सुरक्षित र सहुलियतपूर्ण स्वदेश फिर्ती नै भएको बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?