बनारसमा नेपाली भनी मुण्डन गरिएका व्यक्ति भारतीय नै भएको खुलासा !


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्छ भनी दिएको अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै भारतको बनारसमा एक नेपालीलाई जबर्जस्ती मुण्डन गरिएको भनी प्रचारित घटना नाटक भएको खुलेको छ । निज व्यक्तिलाई स्थानीय हिन्दु सेनाका सदस्यले एक हजार भारतीय रुपैयाँ दिएर प्रयोग गरेको खुलेको हो ।

उत्तर प्रदेशको बनारसमा नेपाली नागरिकको जवरजस्ती कपाल मुन्डन गरेको घटनाले शनिबार त्यतिबेला नयाँ मोड लियो जतिबेला एसएसपी अमित पाठकले भिडियोमा कपाल मुन्डन भइरहेको देखिएका कथित नेपाली व्यक्ति शुद्ध रूपमा भारतीय नागरिक भएको बताए । पुलिसको टोलीले उनलाई हिरासतमा लिएर सोधपुछ गर्ने क्रममा उक्त खुलासा भएको थियो ।

निजले आफ्नो नाम धर्मेन्द्र सिंह बताएका छन् । उनी साडी पसलमा काम गर्ने कामदार भएको खुलेको छ । पोल खुलेपछि अहिले पुलिसले विश्‍व हिन्दू सेनाका संस्थापक र मुख्य आरोपी अरुण पाठकको खोजीलाई तीव्र बनाएको छ। घटना सार्वजनिक भएपछि विश्‍व हिन्दू सेनाका संस्थापक अरुण पाठक समेत अन्य कार्यकताविरुद्ध मुद्दा चलाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?