डब्लूएनसीसी टी-20 क्रिकेट, वेष्टर्न नेप्लीज क्रिकेट क्लबलाई उपाधि !
गत आइतबार पर्थमा आयोजित ‘डल्बु एन सी सी टी २०’ क्रीकेट प्रतियोगिताको फाइनल खेलमा नेप्लिज वारीयर्स क्रीकेट क्लबलाई ३५ रनको अन्तरले पराजित गर्दै वेष्टर्न नेप्लिज क्रीकेट क्लब ९डल्बु एन सी सी० बिजयी बन्न सफल भएको छ।
फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको डल्बु एन सी सीले २० ओभरमा ९ विकेट गुमाउदै कुल १२७ रन जोड्न सफल भए पछी जवाफी ब्याटिङमा उत्रेको नेप्लिज वारीयर्स क्रीकेट क्लबले २० ओभरमा ८ विकेट गुमाएर मात्र ९२ रन जोडे पछी डल्बु एन सी सीको बिजय यात्रा सुनिश्चित भएको थियो। डल्बु एन सी सीका तर्फबाट आक्रमक ब्याटिङ गरेका दिनेश थापाले फाइनल खेलमा सर्बाधिक ५० रन जोड्दै म्यान अफ द म्याच बन्न सफल भएका थिए।
प्रतियोगितामा पर्थका ६ नेपाली क्रीकेट टिमस वेष्टर्न नेप्लिज क्रीकेट क्लब, नेप्लिज वारीयर्स क्रीकेट क्लब, पर्थ नेपाल क्रीकेट क्लब, रोयल असनेपाल क्रीकेट क्लब, पर्थ गुर्खाज क्रीकेट क्लब र नेप-पर्थ क्रीकेट क्लब सहभागी थिए।
दुइ समुहमा बिभाजन गरी खेलाइएको प्रतियोगिताको समुह चरणको पहिलो सेमी(फाइनलमा पर्थ नेपाल र नेपाली वारीयर्सले एक आपसमा प्रतिसपर्धा गरेका थिए जसमा नेपाली वारीयर्स ४३ रनले बिजयी बनेको थियो। त्यस्तै वेष्टर्न नेप्लिज र नेप(पर्थ बिच भएको दोश्रो सेमी(फाइनलमा वेष्टर्न नेप्लिजले नेप(पर्थलाई ६३ रनले पराजित गरेको थियो। समुह चरणका खेलहरु पर्थको क्युडेल स्थित पिट् पार्कमा खेलाएको थियो। फाइनल खेल भने रेडक्लिफ पार्कमा आयोजना गरिएको थियो।
गत जनवरी देखी पर्थमा शुरु भएको उक्त प्रतियोगिता बिचमा कोरोनाका कारण केही महिनाका लागि स्थगित हुन पुगेको थियो। पर्थमा कोरोनाको प्रभाब कम हुँदै र लकडाउन खुकुलो बन्दै गए पछी खेल पुन गत साताबाट सन्चालनमा आएको थियो। प्रतियोगिता अबधीभर उत्कृष्ट खेल प्रदर्शन गरे बापत दिनेश थापा बेस्ट ब्याट्सम्यान, समिर पौडेल बेस्ट बलर, निलभ राज पाण्डे बेस्ट फिल्डर, बिजय छेत्री सर्बाधिक विकेट किपर र प्रशिम भण्डारी म्यान अफ द सिरिज बन्न सफल भए। त्यस्तै फेयर प्ले अवार्ड रोयल असनेपाल क्रकेट क्लबले प्राप्त गर्यो।