काठमाडौंको बाफलमा एक युवतीमाथि एसिड प्रहार !
काठमाडौंको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीय युवतीमाथि बाफलमा एसिड प्रहार भएको हो । एसिड प्रहार गर्ने युवा भने फरार भएका छन् । फरार युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । घाइते युवतीलाई कीर्तिपुर अस्पताल पुर्याइएको एसएसपी ज्ञवालीले बताए ।