चार लाख घुस लिएको आरोपमा पुनः निर्माण प्राधिकरणका दुई इन्जिनियर पक्राउ !


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम लिएको आरोपमा लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र सव–इन्जिनियर टीकाप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले लमजुङस्थिति राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाईमा करार सेवामा नियुक्त भई मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर मण्डल र असिस्टेन्ट सव–इन्जिनियर गुरुङले ८ जना लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट ५० हजारका दरले ४ लाख रकम लिएको आरोपमा पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, लमजुङको सहयोगमा बेशीशहर बजारबाट विहिबार पक्राउ गरि अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?