प्रहरीमा जागिर लगाइदिने भन्दै ३ लाख ५० हजार ठगी गर्ने युवक पक्राउ !
प्रहरीमा जागिर लगाइदिने भन्दै ३ लाख ५० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ टोखा नगरपालिका–११ महादेवटार डेरा गरी बस्ने पश्चिम रुकुम बाफिकोट गाउँपालिका–९ झुला घर भएका २४ वर्षीय अनिल विक्रम पक्राउ परेका हुन् ।
वली प्रहरीमा जागिर लगाईदिन्छु भनि पटक पटक गरी ३ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए । प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका–४ भत्केपाटीबाट पक्राउ गरिएको जनाएको छ ।
उनको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजश्व संकलन पत्र र कबाडी संकलन विवरण जनगणना २०७७ लेखिएको कागज, प्रतिबन्धित नेकपा विप्लव समूहको आर्थिक सहयोग गरिदिने पत्रहरू, सोही समूहको सदस्यता रसिद, सोही समूहको कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगाएतका कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएको छ ।