अस्पतालले भर्ना लिन नमान्दा बिरामी युवकको एम्बुलेन्समै मृत्यु !


काठमाडौँ । स्वासप्रस्वासमा समस्या देखिएका कटारी नगरपालिकाका २३ वर्षीय पदम राईलाई अस्पतालले भर्ना लिन नमानेपछि एम्बुलेन्समै मृत्यु भएको छ ।

बिरामीलाई शुक्रबार दिउँसो कटारीबाट स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर उपचारका लागि परिवारले विराटनगर ल्याएका थिए । उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्नाका लागि लगिएको भएपनि स्वासप्रस्वासमा समस्या भन्ने जानकारीसँगै अस्पतालले भर्ना लिन नमानेको पिडित परिवारले जनाएको छ ।

कटारीबाट सँगै आएका चालक सुवास तामांगले नोबेलमा आकस्मिक कक्षमा भर्ना गर्ने तयारी गरिएको अवस्थामा बिरामीको अवस्था बुझेर अस्पतालले बिरामी बुझ्न नमानेको बताए । यसक्रममा बिरामी आफै एम्बुलेन्सबाट उत्रिएर स्ट्रेचरमा सुतेका थिए ।

तरपछि स्वासप्रस्वामा समस्या भन्ने बुझेपछि अस्पतालले भर्ना लिन मानेन् । आकश्मिक कक्ष बाहिर करिब १ घण्टा कुर्दा समेत अस्पतालका चिकित्सकले भर्ना लिन नमान्दा बिरामीको मृत्यु भएको थियो ।मृत्यु भएका युवकको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?