भिक्टोरियामा कोरोना भाईरसको दोश्रो छाल, शुक्रबार ३ सय ५७ मा संक्रमण, पाँचजनाको मृत्यु
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमणदर बढ्ने क्रम जारी छ । पछिल्लो केही दिनदेखि हरेक दिनजसो ३ सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । गएको २४ घण्टामा ५ जनाको ज्यान गएपछि स्थिति अझ तरल बनेको छ । पछिल्लो समय एज्डकेयरमा कोरोना भाईरसको संक्रमण बढेपछि स्थिति चिन्ताजनक बनेको हो ।
विभिन्न एज्डकेयरमा मात्रै ५ सय भन्दा बढी कोरोनाका संक्रमित भेटिएका छन् । देनिक कोरोना अपेडमा उपस्थित प्रिमियर डेनियल एन्ड्रयूले ३८ वटा एज्डकेयरमा ५ सय भन्दा बढी कोरोना संक्रमित भेटिएको जानकारी दिए । त्यहाँ काम गर्ने क्याजुअल कामदार टाउको दुखाईको विषय बनेको छ ।