श्रीमतीद्वारा श्रीमानको हत्या !
प्युठानको नौवहिनि गाउँपालिका– ५ डामृमा शनिबार राति श्रीमतीले आफनै श्रीमानको हत्या गरेकी छन् । स्थानीय २९ वर्षीया दिवा सुनारले श्रीमान ३१ वर्षीय ज्ञानबहादुर सुनारको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार राती दिवाले आपसी झगडामा श्रीमानको हत्या गरेकी हुन् । शवको प्रकृति हेर्दा दाउराले हानेको प्रहरीको अनुमान छ । शरीरभर चोटहरु देखिएका छन् । यसअघि श्रीमान र श्रीमतीबीच राम्रो सम्बन्ध नभएको, पटक पटक विवाद र झडा हुने गरेको स्थानियको भनाई छ । दिवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको वडा अध्यक्ष अनबहदुर घर्तीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।