जुम्लामा ७ वर्षीया वालिका बलात्कृत !
जुम्लामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिमा गाउँपालिका ६ राताढुंगा ईमिनछिना बस्ने १९ वर्षीय मान सिहं शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
शाहीले ती बालिकालाई बुधबार ललाई फकाई डर त्रास धम्की दिई जबरजस्ती करणी गरेपछि इलाका प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको संयुक्त प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।