मालिन्डोको चार्टड फ्लाईट विहान ६ बजे उड्ने, सोही दिन साँझ ५ः३० मा काठमाडौं पुग्ने !


अष्ट्रेलियामा रहेका नेपाली नागरिकलाई लिएर बिहीबार सिड्नीबाट काठमाडौ जाने विमन विहान ६ बजे उड्ने तय भएको छ । एमएनटीभीलाई प्राप्त चार्टड फ्लाईटको तालिका अनुसार विहान ६ बजे उडेको विमान १०ः १५ बजे ईन्डोनेसियामा रोकिनेछ भने त्यहाँबाट ४० मिनेट पछि १० ः ५५ मा फेरि मलेसियाका लागि उड्नेछ । मलेसियाका क्वालालम्पुरमा २ बजे पुग्ने विमान त्यहाँ तेल भरिसकेपछि तीन बजे पुनः उड्नेछ र काठमाडौंमा साँझ ५ः३० बजे पुग्नेछ ।

मालिन्डो एयरले अष्ट्रेलियासँग यही रुटमा उडानको ईजाजत लिएका कारण ४० मिनेटका लागि भएपनि ईन्डोनेसियामा रोक्नुपर्ने भएको हो । तर, यात्रुले सिड्नीमा चढेपछि एकैपटक काठमाडौंमा उत्रन पाउनेछन् । भाडादर ११ सय २० अमेरिकी डलर तोकिएको छ ।

यसअघि विहान ७ बजे भनिएपनि नेपालमा विमानस्थल साँझ ५ बजेपछि बन्द हुने र ७ बजे उडेको विमान साँझ ६ः३० मा मात्रै पुग्ने भएका कारण एक घण्टा अघि सारिएको हो ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले बाँकी रहेका यात्रुहरुको लागि अर्को चार्टड फ्लाईटको समेत तयारी गरिएको र सरकारी स्वीकृति आएको अवस्थामा एनआरएनको खातामा पैसा पठाई उड्न तयारी अवस्थामा रहेका नेपाली अभिभावकहरुलाई पठाइने जानकारी दिए । उनले भने, मालिन्डोको चार्टड फ्लाईट सकेपछि स्वीकृति आएको अवस्थामा अर्को एउटा फ्लाईट गर्ने हाम्रो प्रयास हुनेछ ।

यस पटकको मालिन्डोको भाडादर सबैभन्दा सस्तो हो । फ्लाईट उडिसकेपछि यात्रुहरुले तिरेको अतिरिक्त रकम उनीहरुलाई फिर्ता गरिने जानकारी एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले दिए ।

एनआरएन अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले यात्रुहरुलाई पत्राचार गरिसकिएको र नेपाल फर्कन पाउने भएपछि उत्साह देखिएको प्रतिक्रिया दिए । यसअघि नेपाल एयरलाईन्सको दुईवटा चार्टड फ्लाईट भइसकेको छ भने सिंगापुर एयरलाईन्सले एउटा सेमी चार्टड फ्लाईट गरिसकेको छ । यस पटकको मालिन्डोको भाडादर सबैभन्दा सस्तो हो । फ्लाईट उडिसकेपछि यात्रुहरुले तिरेको अतिरिक्त रकम उनीहरुलाई फिर्ता गरिने जानकारी एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले दिए । यसअघि सिंगापुर एयरबाट गएका यात्रुहरुले पनि केही रकम फिर्ता पाउनेछन् । हरेक यात्रुले १७ सय ५० अष्ट्रेलियन डलर रकम एनआरएन अष्ट्रेलियाको खातामा जम्मा गरिसकेका छन् ।

नेपाल एयरलाईन्सका दुईवटा चार्टड फ्लाईट भइसकेपछि भाडादर महँगो भएको भन्दै आलोचना भएपछि अष्ट्रेलियाको नेपाली समूदायलाई सस्तो भाडादरमा स्वदेश फिर्तीको व्यवस्था गर्नका लागि नेपाली दूतावासको पहलमा गठन गरिएको समितिले चार्टड फ्लाईटका विषयमा निर्णय गर्दै आएको छ । सोही समितिमा यात्रुहरुबाट लिइएको रकममा बढी भएको फिर्ता गर्ने निर्णय भएको हो ।

यो पनि पढ्नुहोस्
अष्ट्रेलियाबाट ३० जुलाईमा १ सय ६० जना स्वदेश फर्कने !

एनआरएन अष्ट्रेलियाको संयोजकत्वमा रहेको कमिटीमा फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन ईन अष्ट्रेलिया फेन्का, अष्ट्रेलेसियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसन एएनएमडीए, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जा सहभागी छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?