एक करोड ३४ लाख भ्रष्टाचार मुद्दामा सहसचिव श्रेष्ठलाई सफाइ !


बढुवा सिफारिस समितिले सचिवमा नाम सिफारिस गरेसँगै सहसचिव चन्द्रमान श्रेष्ठलाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाई दिएको छ । उनले भ्रष्टाचारको आरोपबाट सफाइ पाएको खुलेको हो ।

गत असार २४ गते विशेष अदालतका सदस्यहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले श्रेष्ठलाई सफाई दिएको खुलेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वातावरण मन्त्रालयका त्यतिबेलाका सहसचिव श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २०७५ पुस २५ गते श्रेष्ठमाथि एक करोड ३४ लाख ५७६ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

अख्तियारको दाबीअनुसार, २०३८ साल माघ २८ गतेदेखि सार्वजनिक पदमा प्रवेश गरेका श्रेष्ठले २ करोड १० लाख रुपैयाँ बैध रुपमा आर्जन गरेका थिए । अनुसन्धान गर्दा उनीसँग तीन करोड ४४ लाख ७७ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ । उनले आफ्नो नामको सम्पत्ति पत्नी जमुना तण्डुकार र नवलपरासी स्वाठी ठेगाना भएकी भगवती योगीका नाममा राखेको भेटिएको अख्तियारको दाबी थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?