वन मुद्दाका फरार दुई प्रतिवादी जेल चलान !


काठमाडौँ । वन मुद्दाका दुई फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–६ ढुङ्गागाडे बस्ने ६७ वर्षीय भीमबहादुर अधिकारी र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ४५ वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । भीमबहादुरलाई जिल्ला अदालत तनहुँको १२ चैत २०७० को फैसलाले तीन महीना कैद र १९ हजार ७१३ जरिवाना तथा अशोकलाई २३ भदौ २०७२ को फैसलाले दुई महीना आठ दिन कैद र १५ हजार जरिवानाको फैसला भएको थियो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?