फेसबुक ह्याक गरेर अर्काको आफन्तबाट रकम ठग्ने २३ वर्षे युवा पक्राउ !


काठमाडौँ । फेसबुक ह्याक गरेर अर्काको आफन्तबाट रकम असुली गर्ने २३ वर्षे युवालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर ठग्ने साविर आलमलाई प्रहरीले पक्रेको गरेको हो । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई ती युवालाई पक्राउ गरेको जनाएको छ ।

२३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग ‘ठूलो समस्यामा छु, तुरुन्तै पैसा पठाइदिनुस्’ भनेर म्यासेज गर्थे । अनि, आइडीवालाको आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्न लगाउँथे ।

फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्रेका हौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले जानकारी दिए । उनले भने, ‘बैंक ट्रान्जेक्सन हेर्दा ठुलो परिमाणमा आर्थिक कारोबार गरेको देखिएको छ, थप अनुसन्धान भैरहेको छ ।’ सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?