सरिता गिरीलाई कारबाही गरेसँगै सिटौला बनिन् सांसद !


समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेसँगै उनको ठाउँमा लिलादेवी सिटौलालाई समानुपातिक सांसद बनाएको छ । तत्कालीन समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो । सोही आधारमा निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि गिरीले संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी हितविपरितको गतिविधि गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएको भएपनि सर्वोच्चले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?