पत्रकारको धाक देखाएर बलात्कार गर्ने युट्युबर शिवाकोटी जेल चलान !
यौनशोषणको आरोप लागेका युट्युबर अर्जुन शिवाकोटी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँका आदेशमा उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई बलात्कार गरेका थिए । शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरी परेको थियो ।
शिावाकोटी एक वर्षदेखि १४ वर्षीया किशोरीलाई डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धम्की दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।