प्रधानमन्त्री ओलीलाई दुवै पदबाट नहटाउन भन्दै गौतमको ६ बुँदे प्रस्ताव !


नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का उपाध्यक्ष वामदेव गौतमले फेरि गुट बदलेर प्रधानमन्त्री केपी शर्मा ओली खेमामा पुगेका छन् । ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालबीच चर्को विवाद भइरहेका बेला गौतमले ओलीको पक्षमा आफू उभिएको स्पष्ट देखिने गरी आज दुई अध्यक्षलाई सुझाव सार्वजनिक गरेका छन्।

आजको स्थायी समितिको बैठक सुरु हुनुभन्दा केही समयअघि गौतमले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहटाउन भन्दै ६ बुँदे प्रस्ताव आफ्नो सचिवालयमार्फत बाहिर ल्याएका छन् । उपाध्यक्ष गौतमले आगामी एकता महाधिवेशनसम्म ओली नै अध्यक्ष र प्रतिनिधिसभाको कार्यकाल नसकिँदासम्म पनि उनी नै प्रधानमन्त्री हुनुपर्ने धारणा उक्त प्रस्तावमा अघि सारेका छन्। गौतमको प्रस्तावले उनी दाहाल–नेपाल गुट छोडेर ओली गुटमा लागेको स्पष्ट देखिएको छ।

प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा आफ्नो बहुमत पुर्याउन गौतम र गृहमन्त्रीसमेत रहेका अर्का सदस्य रामबहादुर थापालाई तान्ने प्रयास गर्दै आएका थिए। तर, पछिल्लो समय गृहमन्त्री थापाले भने आफू दाहालसँगै रहेको सन्देश दिँदै आएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?