चार लाख घुससहित २ जना विमानस्थलका कर्मचारी पक्राउ !


बुटवल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कर्मचारीसहित २ जना ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

जग्गाको मुआब्जा दिलाउने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको गुनासो आएपछि गएको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?