थप ३११ जनामा कोरोनासङ्क्रमण, कुल सङ्क्रमित सङ्ख्या १९,०६३ !
देशभरिमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ । यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ।
अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्।