रुकुममा बाबुद्धारा सुतिरहेकी आफ्नै छोरीलाई बलात्कार !


रुकुम (पूर्व)मा आफ्नै १५ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।ती पुरुषले घरमा सुतिरहेकी छोरीलाई शनिबार राति जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ बस्ने २८ वर्षीय महमद कलाम राईनलाई १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।किशोरीलाई जबर्जस्ती करणी गर्ने राइनलाई स्थानीयले फेला पारी कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?