राष्ट्रिय निकुञ्जमा तीन ओटा बाघ मृत फेला !


चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो ।

त्यसैगरी, ठोरी र कसरामा एक–एकओटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुईओटा घाइते भएर मरेका हुन् भने एउटाको कारण नखुलेको उनले जानकारी दिए ।

अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको संख्या घटेको उनले जानकारी दिए । दुर्लभ एकसिङ्गे गैँडा पनि अघिल्लो आवमा धेरै मरेका थिए । त्यस वर्ष ४३ गैँडा मरेका थिए भने गत आवमा प्राकृतिक कारणबाट मर्ने गैँडाको संख्या २६ रहेको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क ९३ ओटा पाटेबाघ रहेको तथ्यांक छ । पर्सादेखि वाल्मीकि टाइगर रिजर्भसम्म यो संख्या १४३ रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?