३१ वर्षीय दाहाल मृत फेला !
बुधबार बिहान ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मोलुङ खोलामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका ३ स्थाई घर भएका अन्दाजी ३१ वर्षीय छबि दाहाल खोलाको किनारमा मृतावस्थामा फेला परेका हुन् ।
मंगलबार दिउँसो घरपरिवारलाई बिना जानकारी घरबाट निस्किएका उनलाई बुधबार बिहान मृतावस्थामा खोलाको किनारमा आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।
मानसिक सन्तुलन कमजोर भएका दाहाललाई खोलामा मृतावस्थामा फेला पारेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइसकेको छ ।