नेपाली बजारमा करोडैँ मूल्य पर्ने लागुऔषधसहित पोखरेल पक्राउ !


मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का रामप्रसाद पोखरेललाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । आइस नामक लागुऔषधको घरमा राखेको आरोपमा निजलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । करिब ५३० ग्राम रहेको सो लागुऔषधको मूल्य नेपाली बजारमा करोड भन्दा बढी रहेको उनले बताए ।

पक्राउ परेका पोखरेलले यो लागुऔषध भारतबाट मगाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताए । विशेष सुराकीको आधारमा हिजो पोखरेललाई घरबाटै पक्राउ गरेको बताइएको छ । विदेशमा एक ग्रामको रु नौ हजार ६०० डलर मूल्य पर्ने यो लागुऔषधको नेपाली बजारमा रु एक करोड भन्दा बढी रहेको उपरीक्षक खड्काको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?